काठमाडौं मध्य बानेश्वरका एक पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंको मध्य बानेश्वरका एक पुरुषको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं महानगरपालिका वडा नं. १० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट आज मृत्यु भएको जनाएको छ ।

मेडिकेयर अस्पतालमा उपचाररत ती पुरुषको आज मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV