बेलारुसमा अनधिकृत जमघट गरेको भन्दै तीन हजार प्रदर्शनकारी पक्राउ



मिन्स्क । बेलारुसका प्रहरीले निर्वाचनपछि भउका प्रदर्शनपछि अनधिकृत जमघटमा भाग लिएको भन्दै करिब तीन हजार मानिसहरूलाई पक्राउ गरेको पुष्टि यहाँको गृहमन्त्रालयले सोमबार बताएको छ ।

मन्त्रालयले पक्राउ परेका केही व्यक्तिलाई प्रहरीसँग झडप गरेपछि नियन्त्रणमा लिनुपरेको जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ पक्राउ परेकामध्ये एक हजार व्यक्ति राजधानी मिन्स्क र बाँकी देशका अन्य भागमा रहेका छन् ।

मिन्स्कमा प्रदर्शनकारीहरूले आगजनी गर्दै सडकहरूमा अवरोध खडा गरेका थिए । प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको मन्त्रालयले बताएको छ ।

राजधानीमा झडपमा ५० भन्दा बढी प्रदर्शनकारी र ३० प्रहरी अधिकारीहरू घाइते भएको बताइएको छ । तर सोमबार कसैको मृत्यु भने नभएको बताइएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV