काठमाडौं उपत्यकामा विभिन्न सेवा बन्द : हेर्नुस् के-के हुने भए बन्द ? (सूचीसहित)



काठमाडौं । काठमाडौं उपत्यकाभित्रका स्थानीय तहले अत्यावश्यकबाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन्।

काठमाडौं उपत्यका मेयर फोरमको सोमबार बसेको बैंठकले यस्तो निर्णय गरेको हो । काठमाडौं उपत्यकामा कारोना संक्रमणको दर बढी रहेको छ ।

उपत्यका भित्र रहेको जिल्ला प्रशासन कार्यालयले १५ दिनको लागि आइतबारदेखि लागू हुनेगरी सट डाउन गरिसकेको छ ।

बैठकपछि निर्णयहरु सुनाउँदै मध्यपुर थिमी नगरपालिकाका प्रमुख तथा मेयर फोरमका सचिव मदन सुन्दर श्रेष्ठले उपत्यकाभित्र समूदाय स्तरमा संक्रमणको उच्च जोखिम देखिएकोले भिडभाड कम गर्न अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको बताए।

बैठकले सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन भएपछि संक्रमण तीब्र गतिमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।

हेर्नुस् के के भयो निर्णय ?




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV