आदिवासी जनजाति पत्रकारलाई फिप्नाको सहयोग



काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को स्थापना दिवसको अवसरमा कोरोना कहरमा सबै शाखालाई राहत उपलव्ध गराउँदै मनाएको छ ।


फोनिजको स्थापना दिवस (साउन २७ गते)को अवसर काठमाडौंमा फोनिजका संस्थागत सदस्य संगठनहरुलाई आज सहयोग हस्तान्तरण गरिएको छ ।

फोनिजका अध्यक्ष डण्ड गुरुङ, वरिष्ठ उपाध्यक्ष गजुरधन राई, उपाध्यक्षद्वय लक्की चौधरी र देविका घर्तीमगर, महासचिव मनोज घर्तीमगर, सचिव जगत दोङ, कोषाध्यक्ष अमरध्वज लामाले सामूहिक रुपमा संस्थागत ८ संगठनलाई कोरोना सहयोग उपलव्ध गराएका हुन् ।

फोनिजको संस्थागत संगठनहरुमा गुरुङ, मगर, राई, लिम्बू, तामाङ, शेर्पा, थारु, नेवार छन् । उनीहरुलाई प्रतिसंस्था ५ हजार रुपैयाँका दरले सहयोग उपलव्ध गराइएको छ ।

त्यसैगरी, फोनिजले स्थापना दिवसको अवसरमा सातै प्रदेश समितिलाई ५ हजार रुपैयाँका दरले सहयोग पठाइसकेको छ । त्यस्तै, ५४ जिल्ला शाखाहरुलाई पनि प्रदेश समितिमार्फत सहयोग पठाइसकेको अध्यक्ष गुरुङले जानकारी दिए ।

कोरोनाको महामारीमा थोरै रकम भएपनि सबै शाखाहरुलाई ‘सिड मनी’का रुपमा सहयोग उपलव्ध गराएको महासचिव घर्तीमगरले बताए ।

फोनिजको यो अभियानमा आदिवासी जनजाति महासंघ अमेरिका ९फिप्ना० बाट ५३ हजार रुपैयाँ र मलेसियाबाट सौगात तामाङबाट ६ हजार रुपैयाँ प्राप्त भएको थियो । त्यसबाहेक अन्य रकम भने फोनिजको आन्तरिक कोषबाट व्यवस्थापन गरिएको कोषाध्यक्ष अमरध्वज लामाले बताए ।

साउन २७ गते स्थापना दिवसको दिन यसपटक भर्चुअल माध्यममार्फत विशेष कोषको घोषणा र स्थापना गरिने भएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १० गते, शनिबार

menu LIVE TV