यस्तो व्यवस्था गरे कलकारखाना सञ्चालन गर्न सकिने !



काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ । बैठकले कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको उल्लेख गर्दै यस्तो निर्णय गरेको हो । बैठकले सीमा नाकालाई अझै कडा गर्ने निर्णय गरेको छ । नाकाबाट अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको हो । त्यसैगरी उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय गरेको छ




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन २ गते, शुक्रबार

menu LIVE TV