बेपत्ता पुरुष जीवित भेटिए



कैलाली । कैलालीमा खोलाले बगाउँदा बेपत्ता भएका पुरुष सोमबार जीवित भेटिएका छन् ।

मोहन्याल गाउँपालिका–३ पिपलीखेतका ५४ वर्षीय दानबहादुर विष्ट आइतबार सोही ठाउँको गेदान खोला तर्ने क्रममा बेपत्ता भएको र खोजतलास गर्दै जाँदा बगेको ठाउँबाट करिब ५० मिटर पर चोटपटक लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए ।

विष्टलाई अहिले उनका आफन्त र प्रहरीले उपचारका लागि घोडाघाडी अस्पताल ल्याइरहेको प्रहरी निरीक्षक थापाले बताए । उनको अवस्था अहिले मध्यम रहेको बताइएको छ । रासस




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन २ गते, शुक्रबार

menu LIVE TV