तीन सय घरभित्र पानी पस्यो



कैलाली । गए रातिदेखिको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र डुबानमा पर्नुका साथै केही बस्तीका घरमा पानी पसेको छ ।

प्रहरी निरीक्षक थापाले धनगढी आसपासका झण्डै ३०० घरभित्र पानी पसेको जानकारी दिए । ‘धनगढीको क्याम्पस रोडका पाँच/सात वटा र वसन्त टोलका चार/पाँच वटा कच्ची घरभित्र भने पानी पसेर खाद्यान्न लत्ताकपडा लगायतका सामग्री भिजेका छन् ।’

प्रहरी निरीक्षक थापाले भने, ‘प्रहरीको टोली गएर उहाँहरुलाई सुरक्षित स्थानमा राख्ने काम भइसकेको छ ।’ अविरल वर्षाका कारण धनगढीको शिवनगर, चटकपुर, विशालनगर, क्याप्पस रोड, वसन्त टोललगायत क्षेत्र बढी डुबानमा परेको बताइएको छ । अहिले भने अवस्था सामान्य भइसकेको जनाइएको छ ।

खोलानाला अतिक्रमणको चपेटामा परेपछि धनगढीमा डुबानको समस्या हरेक वर्ष बढ्दै गएको छ भने सडकको पानी निकासका लागि बनाइएका नाली काम नलाग्ने भएका छन् । नालीले सडकको पानी थेग्न सक्ने अवस्था नभएपछि यहाँका बस्तीहरु डुबानमा पर्ने गरेका छन् ।

यसअघि पनि झण्डै दुई साताअघि परेको अविरल वर्षाका कारण पनि यहाँका अधिकांश बस्तीहरु जलमग्न हुनुका साथै दर्जनौँ बढी घर तथा पसल डुबानमा परेका थिए । रासस




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV