बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु, शव व्यवस्थापन आज



नेपालगञ्ज । बाँकेमा आइतबार बेलुका मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएका एक व्यक्तिमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार बेलुका ७ः३० बजे मृत्यु भएका चौरपाटी ५, अछामका ५० वर्षीय पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उप–निर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिए ।

बिरामी भइ साउन २० गते अस्पतालमा भर्ना भएका ती व्यक्तिमा निमोनिया, हेपाटाइटिस बि प्लस लगायतका रोग भएको डाक्टर श्रेष्ठले बताए ।

बिरामीमा कोरोनाको शंका लागि आइतबार दिउँसो स्वाब संकलन गरिएको तर उनको आइतबार बेलुका नै मृत्यु भएको र सोमबार आएको कोरोना रिपोर्टमा पोजेटिभ नतिजा आएको उनले जानकारी दिए ।

मृतकको शव व्यवस्थापनका लागि सेनासँग समन्वय भइसकेको र मंगलबार बिहान शव व्यवस्थापन गरिने डा. श्रेष्ठले जानकारी दिए ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV