‘रेमडिसिभिर’ दर्ता गर्न विभागको आलटाल, अवैध तरिकाले नेपाल



काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा आलटाल गर्दा सो औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको पाइएको छ ।

स्रोतका अनुसार केही आयातकर्ताले ‘रेमडिसिभिर’ नामक औषधि कोलकाता हुँदै नेपाल भित्र्याउने गरेका छन् । पटके सिफारिसबाट पनि औषधि आयात गर्न सकिने व्यवस्था छ । ‘रेमडिसिभिर’ नामक औषधि दर्ता गर्न औषधि व्यवस्था विभागले आलटाल गर्दा गैरकानुनी तरिकाले नेपाल भित्रिएर कालोबजारी हुने देखिएको छ ।

परभाइल ४० देखि ५० हजार रुपैयाँसम्म किन्नुपर्ने बाध्यता छ । रेमडिसिभिर नामक औषधि दर्ता हुन सके परभाइल ७ हजार रुपैयाँसम्म आयात गर्न सकिने आयातकर्ता बताउँछन् । अमेरिकाको जिलिड फर्मासिटिकल्सले उत्पादन गरेको रेमडिसिभिरलाई अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले कोभिड–१९ का संक्रमितमा प्रभावकारिता अध्ययन गर्न स्वीकृति दिएको छ ।

प्रभावकारी मानिएको यो औषधिको उत्पादन नेपालमा हुँदैन । विभागले दर्ता गर्न आनाकानी गर्दा नेपाली बजारमै कालोबजारी बढ्ने देखिएको छ । औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीका अनुसार आपतकालीन प्रयोगका लागि स्पष्ट कानुन नहुँदा समस्या देखिएको बताए ।

उनले भने, ‘आपतकालीन प्रयोग गर्न कार्यविधि बनेको छ । स्वीकृत भएपछि समस्याको हल निस्किन्छ । छिटोभन्दा छिटो प्रक्रियामा ल्याएर अगाडि लैजानुपर्छ ।’ केही दिनअघि कोरोना संक्रमण देखिएका डा ज्ञानेन्द्रमान सिंह कार्कीका लागि  ‘रेमडिसिभिर’ औषधि नभई नहुने भएपछि कोलकाताबाट मगाइएको थियो । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV