गोंगबु हत्या प्रकरणमा महिलाको बयान : 'नशालु पदार्थ खुवाएर हत्या गरेँ, शव फाल्न छोरीले सहयोग गरिन्'



काठमाडौं । काठमाडौंको गोंगबुमा शनिबार राती भएको विभत्स हत्या प्रकरणमा आरोपी महिलाले नशालु चक्की खुवाएर दाङका कृष्णबहादुर बोहोराको हत्या गरेको बयान दिएकी छन् । उनले नशालु चक्की खुवाएर बेहोस बनाएपछि दाउले हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् ।

हत्यामा आफूमात्रै संलग्न भएको पक्राउ परेकी कल्पना शाही भन्ने कल्पना मुडवरीले बयान दिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले चितवनबाट हिजो पक्राउ गरेको थियो । प्रहरी अनुसन्धानमा कल्पना पौडेलको नामबाट ती महिलाले फेसबुकमा च्याट गरेको पाइएको छ ।

प्रहरीसँगको बयानमा उनले भनेकी छन्, 'भोड्का र स्लिपिङ ट्याब्लेट दिएर बेहोस बनाएँ । हल्का बेहोस भएका समयमा ह्यामरले संवेदनशील अंगमा हिर्काएँ । त्यसपछि ढलेपछि उसको हत्या गरेकी हुँ । हत्यामा कसैको पनि संलग्नता छैन । शव फाल्न भने छोरीले पनि सहयोग गरेकी थिइन् ।'

प्रहरीसँगको बयानमा ती महिलाले बाथरुममा लगेर खुट्टा र टाउको काटेर सुटकेश तथा जेब्रा झोलामा लगेर फालेको बताएकी छन् । प्रहरीले ह्यामर र दाउ पनि फेला पारेको छ ।

घटनापछि ती महिला एम्बुलेन्समा चितवन पुगेको खुलेको छ । चितवनको शक्तिखोरस्थित घर हिँडेकी उनलाई प्रहरीले चितवनको टाँडीबाट पक्रेको थियो । प्रहरीले अहिले पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएको छ ।

प्रारम्भिक अनुसन्धानमा आर्थिक लेनदेन मुख्य कारण देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ८ गते, बिहीबार

menu LIVE TV