रुबेन अवालेको ‘तिमी बिना’ सार्वजनिक (भिडियो)



काठमाडौं । युवा गायक रुबेन अवालेको ‘तिमी बिना’ नामक गीत बजारमा आएको छ । कुसुम मिडिया क्रियशन प्रा.लि.ले तयार पारेको गीत युट्युबको ग्ल्याममान्डु च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

रोशिकले निर्देशन गरेको गीतमा प्रेम वियोगलाई भिडियो कथामा देखाउन खोजिएको छ । मिलन खड्का र रितु पौडेलको अभिनय रहेको उक्त गीतको संगीत संयोजन पनि अवाले आफैले गरेका छन् ।

सङ्गीत सोल साउण्डको र साउन्ड मिक्सिङ्ग जोल मुक्तानले गरेको भिडियोको प्रोडक्सन व्यवस्थापन सुप्रिया महर्जन सापकोटाले गरेकी छन् भने भिडियोको बजार व्यवस्थापन केशव रोक्का र हिम सागर बमले गर्दै आएका छन् ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ८ गते, बिहीबार

menu LIVE TV