कोरोना संक्रमण भएका भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको अवस्था चिन्ताजनक



एजेन्सी । कोरोना भाइरसको संक्रमण भएका भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको अवस्था गम्भीर तथा चिन्ताजनक भएको छ । नयाँ दिल्लीस्थित आर आर अस्पतालमा उपचारका लागि भर्ना भएका मुखर्जीलाई कोरोना पुष्टि भएको थियो ।

चिन्ताजनक अवस्थामा पूर्वराष्ट्रपति मुखर्जीको भेन्टिलेटरमा उपचार भइरहेको भारतीय सेनाले जनाएको छ । धौलाकुँवास्थित भारतीय सेनाको आर आर अस्पतालमा सुरुमा ब्रेनमा देखिएको समस्याको उपचारका लागि मुखर्जी भर्ना भएका थिए ।

अस्पताल भर्ना भएपछि उनमा कोरोना पुष्टि भएको थियो । मुखर्जीले सोमबार ट्वीटमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV