बलिउड अभिनेता संजय दत्त फोक्सोको क्यान्सरबाट पीडित



एजेन्सी । बलिउड अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएको छ।

डाक्टरहरुका अनुसार उनको क्यान्सर चौथो चरणमा पुगिसकेको छ।

श्वासप्रश्वासमा समस्या आएपछि गत शनिबार उपचारका लागि उनी मुम्बईस्थित लीलावती अस्पतालमा अस्पताल भर्ना भएका थिए।

सोमबार उनले अस्पतालबाट डिस्चार्ज लिएका छन् र थप उपचारका लागि अमेरिका जाने बताएका छन ।

दत्तको शरीरमा अक्सिजनको मात्रा ९० देखि ९२ प्रतिशतकोबीचमा तल, माथि भएको हिन्दुस्तान टाइम्सको समाचारमा उल्लेख छ।

परीक्षणमा उनको छातीमा तरल पदार्थ पाइएको थियो भने कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो ।

मंगलबार उनले आफूलाई के भएको उल्लेख नगरी केही समय उपचार गर्न कामबाट छुट्टी लिन लागेको जानकारी दिएका थिए।

संजयकी आमा नरगिस दत्त र उनकी पहिलो पत्नि ऋचा शर्माको पनि क्यान्सरबाटै मृत्यु भएको हिन्दुस्तान डट कमले जनाएको छ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV