नेपालमा कोरोनाबाट एकैदिनमा ८ जनाको मृत्यु : ज्यान गुमाउनेको संख्या ९१ पुग्यो



काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो एकदिनमा मृत्यु भएको सर्वाधिक संख्या हो ।

पछिल्लो एक हप्तामा कोरोनाबाट ३१ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा धनुषाका दुईजना, काठमाडौं, धादिङ, सप्तरी, मोरङ, कपिलबस्तु र बाराका एक एकजनाको मृत्यु भएको जानकारी दिए ।

प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा थपिएका ४ सय ८४ सहित देशभर संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १६ हजार ७ सय २८ जना उपचारपछि घर फर्किएका छन् भने ९१ जनाले ज्यान गुमाएका छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ८ गते, बिहीबार

menu LIVE TV