चीनले जारी गर्‍याे अलर्ट : फ्रोजन सिफुडको प्याकेटमा कोरोना भाइरस फेला, अनुसन्धान जारी



एजेन्सी । चीनसहितका विभिन्न देशले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको क्षेत्रमा महत्वपूर्ण काम गरिरहेका छन् । कोरोना संक्रमणको स्रोत पहिचानमा पनि अनुसन्धान चलि नै रहेको छ । तर, चीनमा विदेशबाट आयात गरिएको सिफुडको प्याकेटमा कोरोना भाइरस फेला परेपछि अलर्ट जारी गरिएको छ ।

चिनियाँ प्रशासनले आयात गरिएको फ्रोजेन सिफुडको प्याकेटमा कोरोना भाइरस पाएपछि अनुसन्धान सुरु गरेको छ । अहिलेसम्म कहाँबाट आएको सिफुडमा फेला पर्यो भन्ने खुल्न सकेको छैन ।

चिनियाँ पोर्ट सिटी दालियानको बन्दरगाहमा आएको फ्रोजेन सिफुडमा कोरोना भाइरस फेला परेको थियो । तीन कम्पनीले आयात गरेको सिफुडमा कोरोना देखिएको थियो ।
रोयटर्सका अनुसार इश्वयडरबाट आयात भएको फ्रोजेन सिफुडमा कोरोना भाइरस पाइएपछि चिनियाँ वैज्ञानिकले कोरोनाको स्रोत पहिचानमा अध्ययन थालेका छन् । चीनको वुहानस्थित सिफुड मार्केटबाट कोरोना फैलिएको सुरुवाती मान्यता छ ।

स्थानीय सरकारले सिफुड मार्केटमा नपुगेको बताए पनि अलर्ट जारी गरेर अनुसन्धान सुरु गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । सिपमेन्टसँग सम्बन्धित व्यक्ति र सामानको कडा निगरानी राखिएको छ । सामाग्री भण्डार गर्ने क्षेत्रमा सिल गरिएको छ । सम्बन्धित सबैजनालाई आइसोलेट गरिएको छ ।

चीन सरकारले सिपमेन्ट पुगेको दालियान सहरमा जुलाइको अन्तिममा कोरोना संक्रमण देखिएको थियो । सुरुवातमा सिफुड प्रोसेसिङ्ग कम्पनीमा काम गर्ने एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो । त्यसपछि त्यहाँ ९२ जनामा कोरोना पुष्टि भएको छ ।

विदेशबाट आउने सामानमार्फत चीनमा कोरोना भित्रिएको विषयमा चिनियाँ अनुसन्धानकर्ता अध्ययनमा जुटेका छन् ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ८ गते, बिहीबार

menu LIVE TV