फरार प्रतिवादी १३ वर्षपछि पक्राउ



सुनसरी । ज्यानमुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरुलाई १३ वर्षपछि फक्राउ गरेको हाे ।

पक्राउन पर्नेमा रामधुनी नगरपालिका ६ बक्लाैरी का ३२ वर्षे तुलसी चाैधरी र ३२ वर्षे टाइसन भनिने दाेर्जे शेर्पा रहेकाे एक नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी प्रहरी उपरीक्षक दीपक पाेखरेलले जानकारी दिए । उनका अनुसार पक्राउन परेका चाैधरीलाई जिल्ला अदालत सुनसरीले २०७१ श्रावण २९ गते कर्तव्य ज्यान मुद्दामा २१ वर्ष ६ महिना कैद सजाय फैसला गरेकाे गरेकाे छ । 

यसैगरी शेर्पालाई २० बर्ष कैद सजाय ताेकिएकाे उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । उनका अनुसार पक्राउ परेका  दुबैले २०६४ साल बैशाख २८ गते साथीको विवाहामा जन्ती गएको वेला सुनसरीकै साविकको एकम्बा गाउँ बिकास समिति ४ का सुनेरकुमार ठाकुरको छुरा प्रहार गरी फरार हत्या गरेका थिए ।

हत्यापछि फरार रहेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले हालको रामधुनी नगरपालिका ६ र ईनरुवा नगरपालिका ४ बाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको कारागार पठाइएको उनको भनाइ छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन २ गते, शुक्रबार

menu LIVE TV