टिचिङ अस्पतालका ६ स्वास्थ्यकर्मी कोरोना संक्रमित, आकस्मिक सेवा बन्द



काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका दुई चिकित्सक र चार जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ।

त्रिवि अस्पतालका कोभिड कोअर्डिनेटर डा. सन्तकुमार दासका अनुसार इमर्जेन्सी विभागमा कार्यरत दुई चिकित्सक र वार्डमा कार्यरत चार नर्सिङ स्टाफमा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो।

चिकित्सकमा लक्षणसमेत भएकाले त्यहींं उपचार भइरहेको डा. दासले जानकारी दिए।

लक्षण नदेखिएका तर पीसीआर रिपोर्ट पोजिटिभ आएका अन्य स्वास्थ्यकर्मीलाई घरकै आइसोलेसनमा बस्न भनिएको छ।

स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै अस्पतालमा कोरोना संक्रमित स्टाफको संख्या १८ पुगेको छ।

इमर्जेन्सीमा कार्यरत चिकित्सकमा लक्षणसहितको संक्रमण पुष्टि भएपछि बुधबार साँझबाटै अस्पतालको आकस्मिक सेवा बन्द गरिएको डा. दासले जानकारी दिए।

त्रिवि शिक्षण अस्पतालमा २४ जना संक्रमितको उपचार भइरहेको छ।

संक्रमितमध्ये पाँचजना भने आइसीयूमा रहेको डा. दासले जानकारी दिए।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV