पोखरामा मोटरसाइकल र स्कुटर चोरी अभियोगमा तीनजना पक्राउ



पोखरा । पोखरा उपत्यका र आसपासका स्थानबाट विभिन्न समय र स्थानबाट मोटरसाइकल र स्कुटर चोरी गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको थालाजुङ घर भई पोखराको नदीपुर बस्ने १९ वर्षीय सन्दीप श्रीमल छन् । त्यसैगरी १५ वर्षीय नाबालाक छन् ।

बुधबार स्कुटर चोरी भएको सूचना पाउनासाथ प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरीले चोरेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट तीन थान स्कुटर, पाँच थान मोावाइल सेट बरामद भएको छ ।

प्रहरीले ग ६ प ६३४२ पोखरा–१२ फुलबारी सफामार्गमा फेला पारेका छन् । त्यस्तै ग १७ प ३०५१ पोखरा–२६ र ग ५ प ३९१५ पोखरा २६ बुढीबजारबाट बरामद गरेका हुन् ।

पक्राउ अभियुक्तहरुलाई चोरी तथा डाँका कसूरअन्तर्गत जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV