वीरगञ्जमा ३४ जना कोरोना संक्रमित थपिए



पर्सा । पर्साको वीरगञ्जमा ३४ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार साँझ गरिएको परीक्षणमा ७ देखि ६२ वर्ष उमेर समूहका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

१० महिलासहित ३५ जना संक्रमित भएकामा ३४ जना पर्सा र १ जना बाराका छन् ।

पर्साका ३४ जनामध्ये वीरगञ्ज महानगरपालिकाका ३२ जना र छिपहरमाई गाउँपालिकाका २ जना रहेको नयाराणी अस्पतालले जनाएको छ ।

बुधबारका अधिकांश संक्रमित कट्याक्ट ट्रेसिङ गर्दा फेला परेका थिए ।

थप ३५ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४४ पुगेको छ ।

संक्रमित हुनेमा ८० जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, ४ जना पत्रकार, ८३ कैदी र थुनुवा, २० जना अस्पताल सफाइकर्मी र १५ जना भारतीय नागरिक रहेका छन् ।

अहिलेसम्म कोरोना संक्रमणका कारण पर्सामा मात्रै २२ जनाको मृत्यु भएको छ । २२ मध्ये ३ जना पर्साभन्दा बाहिरका हुन् । 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV