कोरोना संक्रमणको आशंकामा सर्वोच्चका दुई न्यायाधीश सेल्फ आइसोलेसनमा



काठमाडौं । सर्वोच्च अदालतका दुईजना न्यायाधीश कोरोना संक्रमण भएको आंशकामा सेल्फ आइसोलेसनमा बसेका छन ।

बुधबार दिउँसोसम्म नियमित इजलास हेरेका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाल साँझदेखि आइसोलेसनमा बसेका हुन ।

गत साउन २२ गतेसम्म आफ्नो सुरक्षामा खटिएका अंगरक्षकको २६ गते लिइएको स्वाबबाट हिजो कोरोना संक्रमण पुष्टि भएपछि आफू घरमै आइसोलेसनमा बसेको न्यायाधीश खतिवडाले जानकारी दिए ।

यसअघि, सर्वोच्चमा पुल दरबन्दीमा रहेका एक सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो ।

त्यसपछि अन्य सुरक्षाकर्मीमा गरिएको परीक्षणबाट कोरोना संक्रमण देखिएपछि न्यायाधीशहरु आइसोलेसनमा बसेका हुन ।

दुवै न्यायाधीशले हिजो संयुक्त इजलासमा बसेर मुद्दाको सुनुवाइ गरेका थिए ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV