कोरोनासँग सचेत हुन तमु धिं नेपालको अपिल



काठमाडौं । नेपालमा बढिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै तमु धिं नेपालले सचेत रहन अपिल गरेको छ । तमु धिंले भौतिक दूरी तथा स्वास्थ्य मापदण्डमा सजग रहन र सुरक्षित रहन सबैमा अपिल गरेको हो ।

तमुलगायत विभिन्न जाति समुदायको संस्कार र संस्कृतिगत कर्म, कार्यक्रमहरुमा पनि विशेष सर्तकता अपनाउन तमु धिंले आग्रह गरेको छ । कोरोना नियन्त्रणमा भइरहेको सरकारी प्रयासलाई सघाउँदै आफूपनि सतर्क रहन उसले आग्रह गरेको हो ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV