काठमाडौं उपत्यकामा कोरोना संक्रमण : १ जना भेन्टिलेटरमा, ३८ जना आइसियूमा



  • सञ्जय श्रेष्ठ

काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको अवस्थामा नेपालमा पनि भयावह हुँदै गएको छ । दिनहुँ सयौँ नयाँ संक्रमित थपिइरहेका छन् । यस्तो अवस्थामा काठमाडौंमा मात्रै ६ सय २२ जना संक्रमितको उपचार भइरहेको छ ।

जसमध्ये ३९ जना कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ । उपत्यकाका विभिन्न ७ वटा अस्पतालमा ३८ जना कोरोना संक्रमितको आइसियुमा र १ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सरकारले कोरोनाको उपचारका लागि तोकेका काठमाडौं उपत्यकाका विभिन्न ११ वटा अस्पतालमा कोरोना अहिले संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ अस्पतालमा ६ सय २२ जना संक्रमितको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

मन्त्रालयकाअनुसार सबैभन्दा बढी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १५ जना संक्रमितको आइसियूमा उपचार भइरहेकोछ । यस्तै पाटन अस्पतालमा ८ जना संक्रमित आइसियूमा उपचाररत छन् ।

पाटन अस्पतालमा एकजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । यता ग्रान्डी अस्पतालमा पनि एकजना संक्रमितको आइसियूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार एपिएफ अस्पतालमा ६, त्रिवि शिक्षण अस्पतालमा ५, ह्याम्स अस्पतालमा २, वीरेन्द्र अस्पतालमा १ र धुलिखेल अस्पतालमा १ जनाको आइसियूमा उपचार भइरहेको छ ।

यस्तै, आइसोलेसनमा भने किर्तीपुर आयुर्वेद अस्पतालमा सबैभन्दा बढी संक्रमितको उपचार भइरहेको छ । आयुर्वेद अस्पतालमा १ सय ५१ जना भर्ना भएका मन्त्रालयले जनाएको छ ।

यस्तै एपिएफ अस्पतालमा १ सय २२, शुक्रराज तथा सरुवा रोग अस्पतालमा ३२, त्रिवि शिक्षण अस्पतालमा ११, पाटनमा ७२, केएमसी दुवाकोटमा ६७, ह्याम्समा ४, धुलिखेल अस्पतालमा १६, ग्रान्डीमा ७, वीरेन्द्र अस्पतालमा २२ र प्रहरी अस्पतालमा १ सय जना आइसोलेसनमा उपचार गराइरहेका स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV