वैज्ञानिकलाई रुसको जवाफ : भ्याक्सिनमा सफल, व्यापारिक आलोचना आधारहीन



एजेन्सी । विश्वको पहिलो कोरोना भ्याक्सिन बनाएको रुसले आफ्नो भ्याक्सिनमाथि गरिएको टिप्पणीलाई निराधार बताएको छ । रुसी भ्याक्सिनविरुद्ध लगाइएको आरोपलाई निराधार भन्दै रुसले सबै आरोपहरु खारेज गरेको स्पष्ट पारेको छ ।

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले सबै आरोपहरुको खण्डन गरेका छन् । 'रुसको खोपका विषयमा उठिरहेका प्रश्नहरू बजार प्रतिस्पर्धाबाट प्रेरित भएको देखिन्छ, जुन पूर्ण रूपमा निराधार छन् ।' उनले भने, 'रुसी कोरोना भ्याक्सिन छिट्टै जनतालाई उपलब्ध गराइनेछ ।'

यस्तै मुराश्कोले अर्को दुई हप्तामा मेडिकल भ्याक्सिनको पहिलो प्याकेज उपलब्ध हुने बताए । उक्त प्याकेज डाक्टरहरूको लागि मात्र हुनेछ । रुसी अधिकारीहरूले अक्टुबरमा ठूलो मात्रामा खोप अभियान थाल्ने उद्घोष गरिसकेका छन् ।

गत मंगलबार रूसले आफ्नो देशमा बनेको विश्वको पहिलो कोरोना विरुद्धको भ्याक्सिनलाई स्वीकृति दिएको थियो । रुसको घोषणासँगै दुई महिनाभन्दा कम समयसम्म चलेको मानव परीक्षणको आधारमा भ्याक्सिन स्वीकृत गरेको भन्दै धेरै प्रश्नहरू उठ्न थालिसकेका छन् ।

जर्मनी, फ्रान्स, स्पेन र अमेरिकालगायत धेरै देशहरूले रुसको खोपमा विश्वास नभएको प्रतिक्रिया दिएका छन् । यसैबीच, विश्व स्वास्थ्य संगठनले रुसलाई उक्त भ्याक्सिनको पुनरावलोकन गर्नपनि आग्रह गरेको छ ।

रुसी भ्याक्सिनलाई डब्ल्युएचओको सूचीमा समावेश गरीएको छैन । तर, तेस्रो चरणको क्लिनिकल परीक्षणमा पुगेका ६ वटा खोपहरूको सूचीमा भने समावेश गरिएको छ । रुसले भ्याक्सिनको उत्पादनसँगै यसको क्लिनिकल परीक्षण पनि जारी राख्ने जनाएको छ ।

यसअघि, भ्याक्सिन सार्वजसनक भएसँगै रुसबाहेकका विभिन्न देशका वैज्ञानिकहरुले रुसमा उत्पादित भ्याक्सिनमा पूर्ण विश्वास गर्न नसकिने धारणा राखेका थिए । उनीहरुले रुसको परीक्षण पारदर्शी नभएको र विस्तृत विवरण सार्वजनिक नभएको भन्दै अविश्वास व्यक्त गरेका हुन् ।

यद्यपि, रुसी भ्याक्सिनको पक्षमा धेरै देशहरु छन् । रुसले विभिन्न २० देशले भ्याक्सिनको माग गरिसकेको दावी गरेको छ । यस्तैमा फिलिपिन्स र इजरायलले पनि रुसलाई समर्थन गरेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ७ गते, बुधबार

menu LIVE TV