पर्साको सिडियोमा अस्मान तामाङ



वीरगञ्ज । गृह मन्त्रालयले कोरोनाको हटस्पट बनेको पर्साको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा सहसचिव अस्मान तामाङलाई पठाएका छन् ।

बुधबारसम्म धादिङका सिडिओ रहेका तामाङ बिहीबार पर्सा गएका हुन् ।

यसअघि मन्त्रालयले पर्साका सिडओ विष्णुकुमार कार्की र सहायक सिडिओ ललितकुमार बस्नेतलाई सरूवा गरेको थियो। कोरोना महामारीमा प्रभावकारी काम गर्न नसकेको आरोप उनीहरूमाथि थियो ।

कार्कीलाई गृह मन्त्रालयमा र बस्नेतलाई ललितपुरको सहायक प्रजिअका रूपमा सरूवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ८ गते, बिहीबार

menu LIVE TV