पछिल्लो २४ घन्टामा कोरोनाबाट ४ जनाको मृत्यु : ज्यान गुमाउनेको संख्या ९५ पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ४ जनाको मृत्यु भएको छ । महोत्तरीका ४५ वर्षीय पुरुषको रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै धनुषा मिथिलाकी ८५ वर्षीया महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र अछाम रामारोशनका १८ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

त्यस्तै मोरङको विराटनगर ३ का ५७ वर्षीय पुरुषको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ ।

प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा थपिएका ५ सय २५ जनासहित देशभर संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १६ हजार ८ सय ३७ जना उपचारपछि घर फर्किएका छन् भने ९५ जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV