ओली-प्रचण्ड छलफल : संवादहीनताको अन्त्य, समाधानउन्मुख कोणबाट विषय प्रवेश



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच आज झण्डै चार घन्टा छलफल भएको छ । संवादहीनताको अन्त्य गर्दै अध्यक्षद्वयबीच विवाद समाधानउन्मुख कोणबाट छलफल भएको स्रोतले जनाएको छ ।

पार्टीमा देखिएका समस्या समाधानमा केन्द्रित रहेर ओली र प्रचण्डबीच बिहान ११ बजेदेखि दिउँसो सवा ३ बजेसम्म छलफल भएको थियो । ओली र प्रचण्डबीच भएको संवादको क्रममा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र शंकर पोखरेल सहभागी भएका थिए ।

महाधिवेशन केन्द्रित रहेर अध्यक्षद्वयबीच सहमतिको प्रस्तावमा छलफल भएको र छिट्टै निकास निस्कने छलफलमा सहभागी एक नेताले नागरिकखबरलाई जानकारी दिए ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बुधबार एक टेलिभिजन कार्यक्रममार्फत पाँच दिनभित्र पार्टीको सिनारियो बदलिने बताएका थिए ।

यो पनि हेर्नुस्

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका !

प्रधानमन्त्री ओली भन्छन्, 'अबको पाँच दिनमा नेकपामा सिनारियो फेरिन्छ' (भिडियोसहित)




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV