रामेछापको मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखलाई कोरोना संक्रमण



रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुखलाई कोरोना संक्रमण देखिएको छ । आज भएको स्वाब परीक्षणमा नगरपालिकाका एक कर्मचारी सहित अन्य २ जनामा पनि कोरोना संक्रमण देखिएको रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

रामेछापबाट १ सय २९ जनाको स्वाब परीक्षणका लागि पठाएकोमा ८० जनाको रिपोर्ट आएको छ । ८० जनामध्ये मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख र कतारबाट आएर होल्डिङ सेन्टरमा रहेका एक व्यक्तिलाई कोरोना संक्रमण भएको उनले बताइन् ।

मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतका अनुसार नगरपालिकाको स्वास्थ्य शाखा बन्द गरिएको छ । स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरु र उक्त कोरोना संक्रमित कर्मचारीबीच घुलमिल भएकाहरुलाई कन्ट्याक टे«सिङ गर्ने तयारी भइरहेको बस्नेतले जानकारी दिए ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV