स्वास्थ्य शाखा प्रमुखलाई कोरोना संक्रमणपछि रामेछापको मन्थली नगरपालिका 'सिल'



मन्थली । रामेछाप जिल्लाको मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखलाई कोरोना संक्रमण देखिएपछि मन्थली नगरपालिका कार्यालय 'सिल' गरिएको छ ।

आज भएको स्वाब परीक्षणमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखसहित अन्य १ जनामा पनि कोरोना संक्रमण देखिएको थियो ।

कोरोना संक्रमण पुष्टि भए लगतै जिल्ला प्रशासन कार्यालयले नगरपालिका कार्यालय सिल गरेको छ ।

रामेछापबाट १ सय २९ जनाको स्वाब परीक्षणका लागि पठाएकोमा ८० जनाको रिपोर्ट आएको छ।

८० जना मध्ये मन्थली नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख र कतारबाट आएर होल्डिङ सेन्टरमा रहेका एक व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्ला प्रशासन कार्यालयले १४ दिन अगाडिदेखि नगरपालिकाबाट सेवा लिएका नागरिकलाई सम्पर्कमा आउन र पिसिआर परीक्षण गर्न आग्रह गरेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV