सामुदायिक प्रहरी सेवा केन्द्रका इञ्चार्जलाई सम्मान



सिन्धुली । सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीमा कार्यारत प्रहरी हवल्दार रबिन्द्र कुमार ठाकुर सम्मानित भएका छन ।

कोरोना विरुद्ध जिल्लामा जनचेतना फैलाउन भूमिका खेलेको भन्दै प्रसंसा पत्रले सम्मान गरिएको छ ।

कोरोना कहरमा जोखिम मोल्दै ठाकुर सामाजिक दूरी कायम गराउनुका साथै बजार र भिडभाड हुने ठाउँमा जनचेतना फैलाउन सक्रिय छन ।

कोरोनाविरुद्ध नागरिकलाई जागरुक बनाउन ठाकुरको भूमिका प्रसंसायोग्य रहेको स्थानीय प्रवेश सापकोटाले बताए । सामुदायिक केन्द्रका अध्यक्ष राम हायुले हवल्दार ठाकुरलाई प्रसंसा पत्र दिएर सम्मान गरेका हुन ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १० गते, शनिबार

menu LIVE TV