भारतीय वायुसेनाले आपत्ति जनाए पनि रिलिज भयो फिल्म



एजेन्सी । भारतीय वायुसेनाकी लेफ्टिनेन्ट गुंजन सक्सेनाको जीवनीमा आधारित हिन्दी फिल्म ‘गुंजन सक्सेना, द कारगिल गर्ल’ हालै रिलिज भएको छ । फिल्ममा जुंजन सक्सेनाको भूमिकामा चर्चित अभिनेत्री श्रीदेवीकी पुत्री जान्हवी कपुरले निभाएकी छन् । यसमा अन्य दिग्गज कलाकारहरुले पनि अभिनय गरेका छन् ।

उक्त फिल्म बुधवार नेटफ्लिक्समा रिलिज भएको हो । यस फिल्मका केही दृष्यहरुमा भारतीय वायुसेनाले आपत्ति प्रकट गरेको छ । फिल्ममा भारतीय वायुसेनाको छवीप्रति सेनाको आपत्ति रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

वायुसेनाका प्रवक्ताले फिल्मा भारतीय वायुसेनाका संस्था र त्याहाँको कामकाजको शैलीलाई लिएर आपत्ति जनाएको बताए । सेनामा लैंगिक भेदभावलाई गलत तरिकाले चित्रण गरिएको प्रवक्ताले बताए । उनले आफूहरुलाई रिलिजपूर्व फिल्म देखाएकै बखत ती दृष्यहरुमा चिन्ता व्यक्त गरेको बताए ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १० गते, शनिबार

menu LIVE TV