जुवा खालमा प्रहरीको छापा, १७ जना पक्राउ



पोखरा । कास्की प्रहरीले जुवा खालमा छापा मारेको छ । जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ ।

पोखरा महानगरपालिका १० मिलनटोलका ज्ञानु हमालको डेराकोठामा अबैध रुपमा जुवातास खेल्ने खेलाउने गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले
छापा मारेको हो ।

जुवा खेलिरहेको अवस्थामा फेला पारेपछि खानतलासी गरेको थियो । प्रहरीले १७ जनासहित एक लाख २ हजार ४९० रुपैयाँ र २२४ पत्ती तास लगायतका सामान बरामद गरेको छ ।

प्रहरीले ज्ञानु हमाल, भु बहादुर गुरुङ, अस्मिता गुरुङ, डम्बर बहादुर गुरुङ, बलबहादुर गुरुङ, ईन्द्रा गुरुङ, राधेश्याम भुजेल, मन बहादुर गुरुङ, हिम कुमारी गुरुङ, ईन्द्रा राई, केश कुमारी गुरुङ, राजलक्ष्मी राई, सुक कुमारी गुरुङ, सीता नेपाली, लिलमान थापा, यम बहादुर गुरुङ र बिनोद गुरुङलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुलाइ सार्वजानिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसुर (जुवा) अन्तर्गत जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात म्याद थप गरी अनुसन्धान जारी रहेको एसपी जीवन श्रेष्ठले जानकारी दिए ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १० गते, शनिबार

menu LIVE TV