चितवनमा ठेला र साइकलमा व्यापार गर्न नपाइने « Nagarik Khabar

चितवनमा ठेला र साइकलमा व्यापार गर्न नपाइने



चितवन । चितवन प्रशासनले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि फुटपाथ तथा खुल्ला ठाउँमा ठेला, अटो रिक्सा र साइकलमा व्यापार, व्यवसाय नगर्न निर्देशन दिएको छ । प्रशासनले लकडाउनलाई थप कडाई गर्दै सिनेमा हल, पार्टी प्यालेस, व्यूटीपार्लर, शैलुन, डान्सबार, जिमखाना, स्वीमिङपुल सञ्चालन नगर्न निर्देशन गरेको हो ।

त्यसैगरी प्रशासनले सार्वजनिक सूचना जारी गर्दै भदौ १५ गतेसम्म सबै प्रकारका यात्रुबाहक सवारीसाधन नचलाउन पनि निर्देशन दिएको छ । चितवनमा यसअघि छोटो दुरीका सवारीसाधन भने सञ्चालनमा थिए ।

प्रशासनले कवाडी संकलन बन्द गर्न निर्देशन पनि दिएको छ भने धार्मिक स्थलहरुमा पूजा बाहेकका अन्य गतिविधि सञ्चालन गर्न नपाउने जनाएको छ । चाडपर्व मनाउँदा परिवारका सदस्यहरु मात्रै घरमा रहेर मापदण्डअनुसार मनाउन भने पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: