प्रधानमन्त्रीओलीको अभिव्यक्तिसँग नेकपा प्रवक्ता श्रेष्ठको प्रस्ताव कसरी मिल्यो ?



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद समाधानउन्मुख छलफलमा केन्द्रित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुट्न नदिने र मिलाउनु पर्नेमा जोड दिएकै भोलिपल्ट अध्यक्षद्वयबीच झण्डै ४ घन्टा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार एक टेलिभिजन कार्यक्रममार्फत पार्टी फुट्न नदिने बताएका थिए । उनले भनेका थिए, 'पार्टी फुट्न दिने पक्षमा म छैन । मिलाउने लाइनमै छु । पार्टी फुट्दैन, पार्टी कसैले फुटाउन सक्दैन । समस्या छन् भने समाधान गरिन्छ ।'

प्रधानमन्त्री ओलीले बुधबार राखेका धारणा नेकपा प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले केहीदिन अघि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । उनले लेखेका थिए, 'ठूलो मेहनत गरेर र महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर एकीकृत गरिएको पार्टी फुट्नु हुँदैन, फुट्न दिइँदैन र फुट्दैन ।'

सुरुमा पार्टी प्रवक्ताबाट आएको अभिव्यक्तिसँगै पार्टी अध्यक्षसमेत रहेका ओलीले पनि त्यहीँ कुरा दोहोर्याए । त्यस लगत्तै बिहीबारदेखि नै सहमति उन्मुख छलफल नेकपामा सुरु भएको ।

नेकपा प्रवक्ता श्रेष्ठले सहमतिको निकासको सुत्र पनि केही दिनअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । त्यहीँ वरिपरी रहेर अध्यक्षद्वय ओली र प्रचण्डबीच आजदेखि छलफल सुरु भएको छ ।

बिहीबारदेखि सहमतिको एक खाकामा छलफल सुरु भएको छ । जुन छलफलको केन्द्र पार्टीको महाधिवेशन भएको बालुवाटारको आजको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।

शीर्ष नेताहरुका अनुसार पार्टीको विवाद उत्कर्षमा पुगेपछि आन्तरिकरुपमा नेताहरु विवाद समाधान गर्न छलफलमा जुटेका र त्यसै अनुसार श्रेष्ठको अभिव्यक्ति आएको हुनसक्ने अनुमान गरिएको छ ।

यो पनि हेर्नुस्

प्रधानमन्त्री ओली भन्छन्, 'अबको पाँच दिनमा नेकपामा सिनारियो फेरिन्छ' (भिडियोसहित)

ओली-प्रचण्ड छलफल : संवादहीनताको अन्त्य, समाधानउन्मुख कोणबाट विषय प्रवेश

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १० गते, शनिबार

menu LIVE TV