बिहारमा एकै दिनमा करिब चार हजार काेराेना सङ्क्रमित



भारत । विहारमा विगत २४ घण्टाको अवधिमा करिब चार हजार व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको राज्य सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी गराएको छ । हालसम्म बिहारमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३३ हजार ९१६ रहेको छ । संघीय स्वास्थ्य मन्त्रालयका अनुसारगत २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा बढी ६६ हजार ९९९ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या झण्डै २४ लाख गुगेको छ भने छ लाख ५० हजारभन्दा बढी व्यक्ति अहिले पनि कोभिड सङ्क्रमित छन् भने करिब १७ लाख सङ्क्रमणमुक्त भएका सरकारी तथ्याङ्क छ । भारतमा बिहीबारसम्ममा ४७ हजार ३३ व्यक्तिको कोरोना भाइरसको महामारीका कारण मृत्यु भएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १० गते, शनिबार

menu LIVE TV