कोरोना संक्रमित शिक्षकको सिन्धुली अस्पतालमा उपचार थालियो



सिन्धुली । सिन्धुलीमा एक शिक्षकलाई पनि कोरोना देखिएको छ । सुनकोशी गाउँपालिकाका एक जना शिक्षकमा कोरोना पोजेटिभ पाइएपछि सिन्धुली अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ ।

सुनकोशी गाउँपालिका ४ कोटगाउँस्थित सिद्ध माध्यमिक विद्यालयका शिक्षकमा कोरोना पोजेटिभ पाइएको सिन्धुली अस्पतालका अध्यक्ष प्रह्लाद पोखरेलले जानकारी दिए ।

अहिले संक्रमित शिक्षकलाई सिन्धुली अस्पतालको आइसोलेसनमा राखिएको छ । सुनकोशी गाउँपालिकाले अत्यावश्यक सेवा बाहेक गाउँपालिकाभर बन्दाबन्दी घोषणा गरेको छ ।

कोरोना सङ्क्रमण फैलिन नदिन साउन ३० गते राति १२ बजेदेखि भदौ १३ गते मध्यरातसम्म १५ दिन अत्यावश्यक सेवा बाहेक होटल, यातायात, आवतजावतमा प्रतिबन्ध लगाइएको छ ।

गाउँपालिकाले बैकल्पिक माध्यमबाट विद्यालय कक्षा सञ्चालन तयारी गरेपछि शिक्षकहरु गाउँपालिकामा केन्द्रित भएको बताइन्छ । कोरोना पोजेटिभ भएका शिक्षक सिरहाबाट नौ दिनअघि मात्रै सिन्धुली आएका थिए ।

सुनकोशी गाउँपालिकाबाट ४४ जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि धुलिखेल पठाइएकोमा ती शिक्षकमा कोरोना पोजेटिभ पाइएको हो ।

उनी सङ्गै अब चार जना सिन्धुली अस्पतालको आइसोलेसनमा उपचाररत छन । सिन्धुलीबाट दुई दिन पहिला कोरोना चेकजाँचका लागि १६० जनाको स्वाब हेटौंडा पठाइएकोमा रिपोर्ट भने अहिलेसम्म आएको छैन ।

भोलि बिहानसम्म रिपोर्ट आउने स्रोतको भनाइ छ । सिन्धुलीको कमलामाइ नगरमा अहिले लकडाउन दोस्रो दिनमा चल्दैछ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १० गते, शनिबार

menu LIVE TV