नेकपा विवाद : सहमतिका लागि भोलि कार्यदल गठन गर्न ओली-प्रचण्ड सहमत



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानउन्मुख भएपछि भोलि कार्यदल गठन गर्ने तयारी छ । कार्यदल गठन गर्नेगरी प्रचण्डले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'सँग छलफल गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग झण्डै चार घन्टा छलफल गरेपछि प्रचण्ड थापागाउँस्थित एक कलेजमा प्रदेश ५ केन्द्रीय नेता तथा सांसदसँगको छलफलमा सहभागी भएका थिए । भेलामा नेपाल, खनाल, श्रेष्ठसहितका नेताहरु पनि उपस्थित थिए ।

प्रचण्डले वरिष्ठ नेता खनाल र नेपालसहितका नेतालाई महाधिवेशन केन्द्रित भएर छलफल भएको र भोलि कार्यदल गठन गर्नूपर्ने प्रस्ताव राखेका थिए । सहमतिको खाकाका विषयमा आज दिउँसो नागरिकखबरले सार्वजनिक गरेको थियो ।

कार्यदलमा बस्ने सदस्यको टुंगो भने भोलि नै लाग्ने भएको छ । सहमतिको खाकाका विषयमा प्रचण्डले मौखिक जानकारी दिएका थिए ।

तर, विचौलियाको भूमिका भएका भनिएका दीपक भट्टको संयोजनमा महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रस्ताव तयार गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV