कांग्रेसद्वारा यादवको निधनप्रति दुःख व्यक्त



काठमाडौं । नेपाली कांग्रेसले धनुषा शहीदनगर नगरपालिका–८ का पार्टीका वडा सभापति पल्टु यादवको निधनप्रति दुःख व्यक्त गरेको छ ।

वडा सभापति यादवको यही साउन २३ गते जनकपुरमा उपचारका क्रममा ६० वर्षका उमेरमा निधन भएको थियो । कांग्रेसले शोक विज्ञप्तिमार्फत उनिप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

यादवले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको पार्टी कार्यालयले जनाएको छ । रासस




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV