जनावरका लागि भारतीय अभिनेताले गरे जीप दान



एजेन्सी । भारतीय अभिनेता जोन इब्राइमले जनावरका लागि आफूले प्रयोग गर्ने गरेको जीप दान गरेका छन् । जनावरका लागि काम गर्ने एनिमल म्याटर्स् टु मी (एमटिएम) संस्थाका लागि यी अभिनेताले आफ्नो मनपर्दो जीप दान गरेका हुन् ।

उनको मुख्य शौख भने मोटरसाइकल हो तर उनी आफू धुम्नका लागि जिपको प्रयोग गर्ने गर्दथे । त्यसो यी अभिनेतासँग दर्जनौं कार र मोटरसाइकलहरुका संकलन पनि नभएका होइन् ।

उनले उक्त संस्थालाई प्रदान गरेको मारुती सुजुकी जिप्सी नाम गरेको जिप संस्थाले आफ्नो पेजमा अपलोड गर्दै उनको यस उत्तम कामका लागि धन्यवाद दिएको छ । संस्थाले उनको जिम विपद्मा परेका जनवारहरुको उद्दार र उपचारका लागि औषधी बोक्न प्रयोग गर्ने बताइएको छ ।

मानिसहरुले अभिनेता जोनको यो कार्यको खुलेर प्रशंसा गरेका छन् । उनीहरुले यस्तो पवित्र कार्य गर्ने जोन धेरै नै मनकारी मानिस हुन् भनेका छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV