क्यालिफोर्नियामा रहेका नेपाली युवाहरुले बनाए ‘राईजप’ (भिडियो)



न्युयोर्क । हाल अमेरिका क्यालिफोर्नियामा बसोबास गर्ने युवाहरुको समूहले लैंगिक हिंसा विरुद्ध जनचेतना फैलाउन छोटो चलचित्र ‘राईजप’ ८८४८ पिक्चर्सको आधिकारिक यूट्यूब च्यानलबाट सार्वजनिक गरेको छ ।

यस चलचित्रमा मुख्य भूमिकामा सन्देश थापा र दिब्ना थापाले अभिनय गरेका छन ।

उक्त चलचित्रमा शंकर राज वाग्ले (एस. राज) र सन्जय कार्कीको छायांकन रहेको छ भने चलचित्रको निर्देशन शंकर राज वाग्ले आफैले गरेका हुन् ।

पेन्सिलभेनिया निबासी शुस्मिक लामाले संयोजन गरेकी यस चलचित्रमा अन्य कलाकारहरु क्रियासिल युवा साजन लामा, अनिसा ओली, अशुतोष ओली, श्याम सेढाई, क्रियाशील सामाजिक अभियन्ता टेक वाईबा लामा, नुतन काफ्ले, विष्णु राउत, निरता कार्की, बन्दना बस्नेत र ईरानी कलाकार डोरीन टबिवियनको समेत अभिनय देख्न सकिन्छ ।

यस छोटो चलचित्रको कथावस्तु संचारकर्मी डोल्मा लामाले लेखेकी हुन् ।
लामाले बास्तविक जीवनमा भइरहेका त्यस्ता विभिन्न लैंगिक हिंसाका घटनाहरुलाई पर्दामा उतार्ने कोशिस गरिएको छ र यस समूहले अन्तर्राष्ट्रिय डायस्पोरामा भइरहेको विभिन्न हिंसा, हत्या र समाजमा घटिरहेका सामाजिक विकृतिसँग सम्बन्धित जनचेतनामुलक भिडियोहरु निर्माण गरिरहेका छन् ।

अमेरिकाको अमेरिकन युनिभर्सिटी अफ सोभेरिगनबाट विद्यावारिधि गर्दै गरेकी कथाकार लामाले सामाजिक संजालको सही सदुपयोग गर्दै आगामी दिनहरुमा बिभिन्न हिंसाहरुबारे जनचेतना फैलाउने एवं घटनाहरुलाई न्युनिकरण गर्ने कार्य निरन्तर गरिरहने जानकारी गराइन ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV