जापानको नयाँ प्रधानमन्त्रीमा एनआरएनका पूर्वअध्यक्ष भट्टका काका ससुराको चर्चा



काठमाडौं । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को तर्फबाट जापानको नयाँ प्रधानमन्त्रीका रुपमा योशिहिदे सुगाले आफ्नो उम्मेदवारीको घोषणा गरेका छन् । संसदमा अत्यधिक बहुमत रहेको एलडिपी पार्टीबाट सुगाले प्रधानमन्त्री पदमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

केही दिनअघि उक्त पार्टीका अध्यक्ष सिन्जो आबेले आफ्नो स्वास्थ्यका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सुगाको नाम चर्चामा आएको छ । उम्मेदवार घोषणा भएपछि आगामी हप्ता जापानले नयाँ प्रधानमन्त्रीका रुपमा लिबरल डेमोक्रेटिक पार्र्टीका तर्फबाट सुगालाई प्राप्त गर्ने सम्भावना प्रबल छ ।

सुगा प्रधानमन्त्री सिन्जो आबेका विश्वास पात्र मानिन्छन् । सुगा हाल जापानको चिफ क्याबिनेट सेक्रेटरी हुन् । उनी जापानको आन्तरिक मामिला तथा सञ्चारमन्त्रीसमेत हुन् । प्रधानमन्त्री आबेलाई सफल बनाउन सुगाले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

सेप्टेम्बर १६ मा जापानमा नयाँ प्रधानमन्त्रीको घोषणा हुने कार्यक्रम रहेको बताइएको छ । स्थानीय पत्रिका क्योदोले गरेको एक सर्वेक्षणमा प्रधानमन्त्रीको दौडमा रहेका फुमियो किसिदा, पूर्वरक्षामन्त्री सिगेरु इसिबालाई पछाडि पार्दै सुगा अगाडि देखिएका छन् ।

जापानमा प्रधानमन्त्री पदमा निर्वाचित हुन तल्लो सदनमा रहेका सदस्यहरुमध्ये २ सय ३३ जना सांसदहरुले समर्थन जनाउनु पर्दछ । तर, सभामुखलाई जोडेर बाहेक लिबरल डेमोक्रेटिक पार्र्टी र कोमितोको मत जोडेर संसदमा ४ सय १३ सांसदको अत्यधिक बहुमत पुग्दछ । लिबरल डेमोक्रेटिक पार्र्टी एक्लैको संसदमा २ सय ८५ सांसदहरु रहेका छन् । जापानको तल्लो सदनमा कूल ४ सय ६५ जना सांसदहरु हुने गर्दछन् ।

को हुन् सुगा ?

सन् १९४८ डिसेम्बर ६ मा जन्मिएका सुगा जापानका चर्चित राजनीतिज्ञ हुन् । सन् २०१२ डिसेम्बरदेखि उनी जापानको चिफ क्याबिनेट सेक्रेटरी पदमा कायम रहेका छन् । जापानको इतिहासमा सबैभन्दा लामो समयसम्म चिफ क्याबिनेट सेक्रेटरी रहेका सुगा नै अहिलेसम्म पहिलो व्यक्ति हुन् ।

उनी सन् १९९६ देखि नै जापानको कानागावा जिल्लाबाट संसदमा प्रतिनिधित्व गरिरहेका छन् । सुगाको जन्म किसान परिवारमा गाउँमा भएको हो । ग्राजुएशनमा पढ्नका लागि उनी टोकियोस्थित युजावा हाई स्कुलमा गए । उनले सन् १९७३ मा होसेई विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन् ।

भारतसँंगको रोटी बेटीको सम्बन्ध भनेझै सुगा जापानका नयाँ प्रधानमन्त्री भए नेपालीका लागि पनि खुसीको खबर बन्ने छ । सुगा नाताले जापानमा रहेका नेपाली व्यवसायी तथा एनआरएनका पूर्वअध्यक्ष भवन भट्टका काका ससुरा हुन् ।

आगामी हप्ता हुने लिबरल डेमोक्रेटिक पार्टीको चुनावमा सुगाले जित्नु भनेको नेपालका लागि पनि महत्वपूर्ण हुने पूर्वअध्यक्ष भट्टले बताए । सुगा भट्टकी श्रीमती मियको नाताले आफ्नै काका हुन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV