सेनाको लघु चलचित्र प्रतियोगितामा सिन्धुलीका युवाको ‘देशले छुने पाइला’ उत्कृष्ट



सिन्धुली । नेपाली सेनाले गर्दै आएको ‘लघु चलचित्र प्रतियोगिता–२०७६’ प्रतिस्पर्धामा सिन्धुलीका प्रसून सिन्धुलीयको निर्देशन रहेको फिल्म ‘देशले छुने पाइला’ प्रथम भएको छ ।

सर्वोत्कृष्ट स्क्रिप्टको पुरस्कारसमेत प्रसूनले नै जितेका छन । सर्वोत्कृष्ट फिल्मको लागि रु. २ लाख र सर्वोत्कृष्ट स्क्रिप्टको लागि रु. ३५ हजार, प्रमाणपत्र र शिल्डको व्यवस्था सेनाले गरेको छ ।

यस्तै प्रतिस्पर्धामा पुरुषोतम बस्नेतको ‘रगत’ द्वितीय र वसन्त शर्मा अधिकारीको ‘लक्ष्य’ तृतीय भएको नेपाली सेनाले जानकारी डिएको छ ।

विजयीहरूले क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख रूपियाँ, पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेका छन ।

नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले जङ्गी अड्डामा शुक्रबार आयोजित कार्यक्रममा विजयीहरुलाई पुरस्कार र प्रमाणपत्र दिनुभएको छ । सो अवसरमा अनिरुद्र दुवाडीको ‘समर्पण’ र अनिल कुमार महर्जनको ‘गौरव’ लाई सान्त्वना पुरस्कार स्वरुप जनही २५ हजार रूपियाँ प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रतियोगिताका दश उत्कृष्ट सहभागीहरूलाई पनि पुरस्कृत गरिएको छ ।

प्रतिस्पर्धामा ३८ वटा लघु चलचित्रका तर्फबाट निवेदन पुगेको तर स्क्रिप्ट र छायाङ्नको आधारमा उत्कृष्ट १० वटा लघु चलचित्रहरूलाई मात्रै छनोट गरिएको नेपाली सेनाले भनाइ छ । नेपाली सेनाले २०६७ सालदेखि लघु चलचित्र प्रतियोगिता गर्दै आएको पनि जनाएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV