भारतीय सैनिकलाई चिनियाँ जनमुक्ति सेनाले यसरी लखेट्यो, भिडियो भयो भाइरल



एजेन्सी । भारत र चीनका सैनिकबीच भएको झडपको भिडियो अहिले भाइरल बनेको छ । चिनियाँ सामाजिक सञ्जालमार्फत यो भिडियो संसारभर भाइरल बनेको हो । केहीदिनअघि पनि दुबैदेशका सैनिकबीच झडप भएको थियो ।

सीमा क्षेत्रमा गोली चलेपछि दुई देशका विदेशमन्त्रीबीच मस्कोमा ५ बुँदे सहमति भएको छ । सहमति हुनु अगाडि नै यो भिडियो सार्वजनिक भएको थियो । भिडियोमा दुवैपक्षका सैनिकबीच झडप देख्न सकिन्छ ।

भारतीय सैनिक हतियारसहित देख्न सकिन्छ भने चिनियाँ सैनिक लठ्ठीसँग छन् । उनीहरुले दंगा नियन्त्रण सिल्ड पनि लगाएका छन् । साउथ चाइना मर्निङ पोष्टले वास्तविक भिडियो भएको जनाएको र जुन १५ मा २० भारतीय सैनिक मारिएको गल्वान नदीको झडप नभएको प्रष्ट पारेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV