तेजाब आक्रमणविरुद्धका अभियन्ता उज्वल विक्रम थापालाई अमिताभ बच्चनले दिए बधाई



काठमाडौं । नेपालमा तेजाब आक्रमणविरुद्ध कडा कानुन बन्ने भएपछि भारतीय चर्चित अभिनेता अमिताभ बच्चन पनि खुशी भएका छन् ।

नेपालमा कडा कानुन बन्न लागेको थाहा पाएपछि उनले ट्वीट गर्दै नेपालमा तेजाब आक्रमणविरुद्ध कडा कानुन बन्न लागेको थाहा पाउँदा अत्यन्त खुशी लागेकाे बताएका छन् ।

तेजाब आक्रमणविरुद्धका अभियन्ता उज्वल विक्रम थापालाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘तेजाब आक्रमणमा परेका पीडितहरुको पक्षमा गरेको कडा मेहनतको परिणाम देखिएको छ ।’

अमिताभ बच्चन र थापा भारतको चर्चित सेरहुड कलेजमा पढेका हुन् । उनले शेरहुड कलेजले मात्र नभएर सिंगो नेपालले अहिले गौरव गरेको बताएका छन् ।

तेजाब आक्रमणविरुद्धको अभियानमा सफलता पाउँदै गरेको थाहा पाएपछि उनले शुभकामना समेत दिएका छन् ।

भदौ २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका तेजाब आक्रमण पीडितहरुलाई भेटेर गुनासा र माग सुनेका थिए । सो भेटघाटपछि प्रधानमन्त्री ओलीले तत्काल कडा कानुन बनाउन निर्देशन दिएका थिए ।

तेजाब आक्रमण गर्नेलाई कम्तिमा २० वर्ष जेल सजायको व्यवस्था गर्ने गरी कानुन बन्दै गरेपछि तेजाब आक्रमणविरुद्ध सक्रिय अभियन्ताहरु खुशी भएका छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV