साईप्रसमा काभ्रेकी मनिता तामाङको शव फेला



  • दिनेश गौतम

साईप्रस । साईप्रसमा एक नेपाली महिलाको शव फेला परेको छ । काभ्रे स्थायी घर भएकी घरेलु कामदार मनिता तामाङको शव फेला परेको हो ।

साईप्रसको लार्नाका पुलिसले मनिताले आत्महत्या गरेको जनाएकोछ । आइतबार लार्नाका जिल्ला अन्तरगत पर्ने पेरबोलियामा उनको शव फेला परेको थियो ।

स्थानीय पुलिसले पारिवारिक कारणले उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेकोछ । गैरआवासीय नेपाली संघ एनआरएनए साईप्रसले घटनाका विषयमा थप जानकारी प्राप्त भइनसकेको जनाएको छ ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV