मन्त्रीले लगेकाे कुलमानकाे प्रस्तावमा प्रधानमन्त्रीकाे प्रश्न



काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको प्रस्तावमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी प्रश्न उठाएका छन् । प्रधानमन्त्रीले कानुनी प्रश्न उठाएपछि आजको मन्त्रिपरिषद् बैठकले उनको पुनः नियुक्त हुन सकेन ।

एक मन्त्रीले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले कानुनी प्रश्न रहेकाले यसमा आफूले थप परामर्श गर्ने बताएपछि आजको मन्त्रिपरिषद् बैठकले नियुक्त गर्न नसकेको जानकारी दिए । कार्यकारी निर्देशक घिसिङले १८ घण्टासम्म लोडसेडिङ गराउने विद्युत प्राधिकरणर्लाइ नाफामा लगी २४ सै घण्टा विद्युत आपूर्ति गराइ सम्पूर्ण देशवासीको मन जितेका छन् । उनलाइ पुनः नियुक्ती गर्नुपर्ने भन्दै चौतर्फी माग भए पनि सरकार असमान्जस्यमा परेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV