लियोनल मेस्सी सन् २०२० मा सर्वाधिक कामाई गर्ने फुटबलर « Nagarik Khabar

लियोनल मेस्सी सन् २०२० मा सर्वाधिक कामाई गर्ने फुटबलर



एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी सन् २०२० मा सर्वाधिक कमाई गर्ने फुटबलर बनेका छन् ।

फोर्ब्स पत्रिकाले सोमबार सार्वजनिक गरेको सूची अनुसार अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने फुटबलर सावित भएका हुन् ।

मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका हुन् । गत वर्ष पोर्चुगिज रोनाल्डो सर्वाधिक कमाउने खेलाडी रहेका थिए ।

फोर्ब्सका अनुसार मेस्सीको कमाई १ सय २६ मिलियन अमेरिकी डलर रहेको छ । रोनाल्डोको १ सय १७ मिलियन डलर रहेको छ ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमार ९६ मिलियन डलरसहित तेस्रो स्थानमा रहेका छन् ।

पीएसजीकै युवा स्टार केलियन एमबाप्पे पहिलो पटक सूचीको चौंथो स्थानमा परेका छन् ।

एमबाप्पेको कमाई ४२ मिलियन अमेरिकी डलर रहेको छ ।

लिभरपुलका मोहमद सलाह ३७ मिलियन अमेरिकी डलरको कमाइसहित पाँचौं स्थानमा रहेका छन् ।

त्यस्तै ३४ मिलियनसहित म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा छैटौं, ३३ मिलियन कमाई गरेका बार्सिलोनाका एन्टोनियो ग्रिजम्यान सातौं र २९ मिलियनसहित रियल मड्रिडका ग्यारेथ बेल आठौं स्थानमा छन् ।

त्यस्तै बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की २८ मिलियनसहित नवौं र म्यानचेस्टर युनाइटेडका डेभिड डी गिया २७ मिलियनसहित दशौँ स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: