प्रधानमन्त्रीले बामदेवको प्रस्ताव गर्दा मन्त्रिपरिषद बैठकमा हाँसो



काठमाडौ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने पूर्वानुमान थियो तर नियमित एजेण्डामा थिएन ।

सोमबारको बैठकमा उपाध्यक्ष गौतमको मनोनयनका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आइतबार नै छलफल गरिसकेका थिए । हुन त यसअघि बसेको सचिवालय बैठकले नै बामदेव गौतमलाई राष्टिय सभाको सदस्यमा मनोनयन गर्ने निर्णय भएकै थियो । तर, ढिलाइ भइरहेको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकका औपचारिक एजेण्डा भने थिएन । करिब ३ घण्टा चलेको बैठकमा हरेक जसो प्रस्तावमा प्रधानमन्त्री ओलीले बोलेका थिए । बैठकको अन्तिमसम्म आइपुग्दा पनि बामदेव गौतमको प्रस्ताव आएको थिएन ।

बैठकको अन्त्य गर्ने क्रममा प्रधानमन्त्री ओलीले एउटा एजेण्डा छ भन्दै प्रस्तुत गरे । उनले भने, ‘बामदेव गौतमजीलाई राष्ट्रियसभाको सदस्यमा मनोनयन गर्दा कसो होला साथीहरु ?’ सबै मन्त्रीहरु गलल हाँसे ।

उपाध्यक्ष गौतमको प्रस्ताव गरेपछि केहीबेर प्रधानमन्त्रीको मुख हेर्दै मन्त्रीहरु हाँसे । कोही केही बोलेनन् । गौतमलाई राष्टियसभा सदस्यमा मनोनित गर्ने प्रस्ताव पास भयो ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV