मृत्यु भएको ३६ घण्टासम्म जिउँदो बनाउने खेल, तान्त्रिकले शव जलाउन दिएनन्



एजेन्सी । भारतको राजस्थानको धौलापुर जिल्लाको सदर थाना क्षेत्रको दरियापुर गाउँमा गत आइतबार बाबु र छोराको सर्पले टोकेर मृत्यु भयो । दुवैको अन्तिम संस्कारका लागि शवलाई अन्त्येष्टि गर्ने घाटमा लगियो ।

गाउँलेहरुले सर्पलाई समातेर एउटा बोत्तलमा हालेर राखेका थिए । घाटमा अन्तिम संस्कार गर्ने उपक्रम सुरु हुनासाथ कही बैद्य र तान्त्रिक घाटमा पुगे । उनीहरुले दुवैजनालाई जिवित बनाउने दावी गरे ।

तान्त्रिकको यस्तो दावीले परिवारजनमा आसा पलायो । परिणामस्वरुप शवलाई घाटबाट निकालेर उपचारको क्रम सुरु भयो । तान्त्रिकले झारफुक विधिबाट दुवैलाई जिवित गराउने प्रयास सुरु गरे ।

दुवैजनाको मृत्यु भएको ३६ घण्टासम्म जिउँदो बनाउने अन्धविश्वासको खेल चलिरह्यो । तान्त्रिकले दुवै शवका साथमा विभिन्न उपाय गरे । तान्त्रिकको कृयाकलापलाई रमिता जस्तै मानेर गाउँलेहरु हेर्न झुम्मिए ।

यहीबीचमा सर्प लिन भन्दै बन विभागको एक टोली त्यहाँ आइपुग्यो । तर त्यसअघि नै गाउँलेहरुले बोत्तलमा बन्द गरिएको सर्पलाई मारेर फालिसकेका थिए । मृत ब्यक्तिलाई जिउँदो बनाउने खेल चलिरहेको खबर पाएर प्रहरी पनि घटनास्थल पुग्यो ।

सम्पूर्ण घटनाको विवरण संकलन गर्यो । प्रहरीले मृतकका परिवारजनलाई सम्झाइ बुझाइ गरी घर पठायो भने शवको पोस्टमार्टम गर्न अस्पताल पठायो ।

यस विषयमा छानविन गरिरहेको प्रहरीले करीब आधा दर्जन तान्त्रिक र बैद्यहरुलाई नियन्त्रणमा लियो । नियन्त्रणमा लिइएका सबैबिरुद्ध कानूनी कारवाही गर्ने प्रहरीले बताएको आजतकले जनाएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV