सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु



सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–७ सुगारेस्थित मदन भण्डारी राजमार्गमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

लु. ५८ प २६३८ अस्थायी नम्बरको मोटरसाइकल र एक साईकल एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सुनसरी ईटहरी घर भएका २६ वर्षीय यादव ढुङ्गानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिरहाको फुलकुमारी अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका साईकलयात्री सिन्धुली दुधौली नगरपालिका–७ सुगारे बस्ने २३ वर्षीय रासलाल अधिकारीको कटारी अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकल चालकलाई सामान्य उपचारपश्चात प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV