सिन्धुपाल्चोक केन्द्रविन्दु भएको ६ रेक्टरस्केलको भूकम्प : क्षतिको विवरण आउन बाँकी



काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएको भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएको ६ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक राम्चे आसपास केन्द्रविन्दु भएको ६ रेक्टरस्केलको भूकम्प गएको छ ।

भूकम्पले सिन्धुपाल्चोकमा घरहरुमा सामान्य क्षति विवरण आए पनि मानवीय क्षती भए नभएको जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । भूकम्पले घरहरु चर्किएको जानकारी दिएका छन् ।

भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासको क्षेत्रमा महसुस गरिएको थियो । काठमाडौंमासहित आसपासको क्षेत्रका नागरिक केहीबेर घर बाहिर निस्किएका थिए ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV